मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

वीरगञ्ज नाका हुँदै ७९ अर्ब बढी वस्तु तथा सामान निर्यात

बिहीबार १० बैशाख, २०८३ nepalexplores 1283


वीरगञ्ज नाका हुँदै ७९ अर्ब बढी वस्तु तथा सामान निर्यात

१० वैशाख, काठमाडौं। 
वीरगञ्ज नाका हुँदै ७९ अर्ब बढी वस्तु तथा सामान निर्यात भएको छ।

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ९ महिनामा रू. ७९ अर्ब ५४ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ। 

गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रु. १० अर्ब १९ करोड अर्थात १५ प्रतिशत बढी आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षको ९ महिनामा रू. ६९ अर्ब ३५ करोड मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएकोमा यस वर्ष १५ प्रतिशत बढि निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिएका छन्।

वीरगञ्ज नाका हुँदै चालु आवको ९ महिनामा रू. ४३ अर्ब ६१ करोड मूल्य पर्ने भटमासको तेल, ५ अर्ब ८४ करोड मूल्य पर्ने फलफूलको जुस, ५ अर्ब २४ करोड मूल्यको प्रशोधित पाम तेल, ५ अर्ब ५ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल र रू.२ अर्ब ६९ करोड मूल्यको विभिन्न किसिमका कपडाहरु निर्यात भएको भन्सार कार्यालयले जनाएको छ। 

त्यस्तै चालु आवको ९ महिनामा १ अर्ब ९४ करोड मूल्य पर्ने सिन्थेटिक यार्न निर्यात भएको वीरगञ्ज भन्सारले जनाएको छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु