सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

पाकिस्तानले इरानबाट साउदीलाई जोगाउन पठायो लडाकु विमान

मंगलवार ५ जेष्ठ, २०८३ nepalexplores 1223


पाकिस्तानले इरानबाट साउदीलाई जोगाउन पठायो लडाकु विमान

५ जेठ, काठमाडौं। 
पाकिस्तानले इरान बाट साउदीलाई जोगाउन लडाकु विमान पठाएको छ।

इरानको आक्रमण बाट साउदी अरेबियालाई जोगाउन पाकिस्तानले आठ हजार सैनिक, लडाकु विमानको एक टोली (स्क्वाड्रन) र हवाइ रक्षा प्रणाली पठाएको जनाएको छ। 

अमेरिका–इरान युद्ध अन्त्य गर्न मुख्य मध्यस्थकर्ताको भूमिका खेलिरहेका बेला पनि साउदी सँग आपसी रक्षा सम्झौता गरेको पाकिस्तानले सैन्य सहयोगलाई तीव्रता दिएको हो।

समाचार संस्था रोएटर्सको अनुसार साउदी माथि थप आक्रमण भएमा त्यहाँको सेनालाई सहयोग गर्नु एक ठूलो र युद्ध–सक्षम सैन्य बल पठाएको जनाएको छ। 

पाकिस्तानले अप्रिलको सुरुमा चीनसँग मिलेर संयुक्त रूपमा निर्माण गरिएका मुख्यतया जेएफ–१७ लडाकु विमानहरू सहितको करिब १६ वटा विमानको पूर्ण स्क्वाड्रन साउदीमा तैनाथ गरेको जनाएको छ। 

सैन्य उपकरणहरू पाकिस्तानी कर्मचारीहरूद्वारा सञ्चालन गरिने र यसको खर्च साउदीले बेहोर्ने जनाएको छ। 

गत सेप्टेम्बरमा पाकिस्तान र साउदीले आपसी रक्षा सम्झौता गरेका थिए। तेल बेचेर धनी बनेको साउदीले लामो समय देखि पाकिस्तानलाई आर्थिक सहायता गरिरहेको छ। 

एक राष्ट्र माथि गरिएको हमलालाई दुवैमाथिको आक्रमण मान्ने उक्त सम्झौता गरेपछि भने पाकिस्तान साउदीसँग सैन्य मामलामा पनि औपचारिक रूपमा जोडिएको जनाएको छ।

अमेरिका र इसराइलले आक्रमण गरेपछि इरानले साउदी सहित अरू खाडी राष्ट्रमा पनि लगातार प्रहार गरेको थियो। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु