शुक्रबार २२ जेष्ठ, २०८३ (Friday June 05, 2026)

म्याग्दीको धौलागिरि र ढोरपाटन क्षेत्रमा चिरकालिज सर्वेक्षण 

बुधबार ६ जेष्ठ, २०८३ nepalexplores 1528


म्याग्दीको धौलागिरि र ढोरपाटन क्षेत्रमा चिरकालिज सर्वेक्षण 

६ जेठ, काठमाडौं। 

म्याग्दीको धौलागिरि र ढोरपाटन क्षेत्रमा चिरकालिज सर्वेक्षण गरिएका छ।

म्याग्दीको धौलागिरि गाउँपालिका र बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सर्वेक्षण गरिएको हो।

धौलागिरि गाउँपालिका–१ गुर्जा, ४ बगर र ढोरपाटन नगरपालिकाको बुर्तीवाङ घुसाखानीमा चिरकालिजको स्थलगत सर्वेक्षणका साथै समुदायस्तरमा संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको नेपाल पन्छीविद् सङ्घको प्राविधिक टोलीले जनाएको छ।

सङ्घका अध्यक्ष हथन चौधरी, उपाध्यक्ष मनशान्ता घिमिरे, कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौडेल, अनुसन्धान अधिकृत विराटराज रजक र सदस्य केशव चोखालको टोलीले स्थानीय समुदायको सहयोगमा बगर देखि घुसाखानीसम्म सर्वेक्षणको काम गरेको जनाएको छ।

दातृ निकाय टोलेडोजुको सहयोगमा डिभिजन वन कार्यालय म्याग्दी, बागलुङ र ढोरपाटन शिकार आरक्षसँगको समन्वयमा चिरकालिजको सर्वेक्षण गरिएको कार्यकारी निर्देशक पौडेलले बताएका छन्।

चिरकालिजको प्रजनन हुने याम पारेर वासस्थान नजिकैको बगर, गुर्जा र घुसाखानीमा चिरकालिजको सर्वेक्षण गरिएको थियो। चिरकालिजको अनुमानित सङ्ख्यासहितको प्रतिवेदन चाँडै सार्वजनिक गरिने कार्यकारी निर्देशक पौडेलले बताएका छन्।

समुद्री सतह देखि १ हजार ४०० मिटर देखि ३ हजार ६०० मिटरसम्मको उचाइमा चिरकालिज पाइने गर्छ।

वैशाख, जेठ र असार चिरकालिजले अण्डा पार्ने, कोरल्ने र चल्ला निकाल्ने समय हो। चिरकालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ। भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु