मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

आज बकर इद मनाइँदै

बिहीबार १४ जेष्ठ, २०८३ nepalexplores 1263


आज बकर इद मनाइँदै

१४ जेठ, काठमाडौं। 

आज बकर इद मनाइँदै छ।

आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) देशभरका मस्जिदमा मनाइँदै छ।

बकर इदको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।

मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसके पछि एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको छ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ।

हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो।

मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ। यसका लागि गृह मन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ।

मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर इद मनाउँछन्। यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो। यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमान धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन्।

कुर्बानीको मासु तीन भागमा वितरण गरिन्छ। एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ। यसै अनुसार आज पहिलो दिनको बकर इद मनाइँदै छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु