मंगलवार ९ भाद्र, २०८३
९ भदौ, काठमाडौं ।
ओखलढुङ्गको तीनछाँगे झरना प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा रहेको छ ।
ककनी खोलामा करिब ५०० मिटरको दूरीभित्र तीन ठूला र मनमोहक झरना भए पनि प्रचारप्रसार नहुँदा झरना ओझेलमा परेका हो ।
ककनी गाउँ हुँदै बहने ककनी खोला कपल्टी भिरमा पुगेपछि झरनामा परिणत भएको त्यही खोला करिब ५०० मिटरको दूरीमा तीनवटा झरनामा रहेको छ ।
पर्यटकीय पूर्वाधार निर्माण भएका कारण गाउँ बाट १० मिनेटकै पैदल दूरीमा यो झरनामा पुग्न सकिन्छ ।
दोस्रो झरना पहिलो झरना नजिकै रहे पनि भौगोलिक विकटताका कारण घुमाउरो बाटो भएर जानुपर्ने करिब २० मिनेट ओरालो हिँडेपछि दोस्रो झरना पुग्न सकिने र तेस्रो झरना अझ सुन्दर र आकर्षक भए पनि खोचभित्र रहेकाले सहज बाटो नहुँदा त्यहँ पुग्न नसकिने बताएका छन् ।
ककनी खोलाको शिरमा ओखलढुङ्गाको प्रख्यात ककनी चम्पादेवी मन्दिर छ । भने तीनछाँगे झरनाको पहिलो र दोस्रो झरनामा जानका लागि गोरेटो बाटो, रेलिङ, विश्रामस्थल, काठे पुल लगायतका संरचना निर्माण भएता पनि पूर्ण नरहेकाले पर्यटकको लागि सहज नभएको स्थानीय ढकबहादुर सुनुवारले बताएका छन् ।
झरना नजिकै रहेको ककनी गाउँमा तामाङ र सुनुवार जातिको बाक्लो वस्ती रहेको र झरना हेर्न आउने पर्यटकलाई लक्षित गरेर स्थानीयले होमस्टे सुविधा समेत दिँदै आएको बताएका छन् ।