सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

 भूकम्पको त्रास, भोजपुरमा  भत्किए घरहरु

आईतवार १५ श्रावण, २०७९ Nepalexplores 1493


 भूकम्पको त्रास, भोजपुरमा  भत्किए घरहरु

काठमाडौं । आज बिहान खोटाङ केन्द्र रहेर गएको भूकम्पले  भोजपुर जिल्लामा  एउटा घर भत्काएको छ। बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महशुस गरिएको थियो।

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बिहान गएको भूकम्पले भोजपुर स्थित टक्सारमा रहेको केही घरमा क्षति पुर्‍याएको विवरण प्राप्त भएको बताए। भूकम्पबाट चर्केको एउटा घरको केही भाग भत्केको जानकारी छ।’ भत्केको घरमा ०७२ देखि नै कोही पनि बस्ने गरेका थिएनन्।

खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले भूकम्पबाट साकेलाका केही घर चर्केको जानकारी दिए। ‘केही घर चर्केका छन्। मानविय क्षति भएको छैन,’ उनले भने।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु