मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

राष्ट्रिय सभा बैठक आज बस्दै, नागरिकता विधेयक पारित गर्ने संसद् सचिवालयको तयारी

शुक्रबार १७ भाद्र, २०७९ Nepalexplores 1567


राष्ट्रिय सभा बैठक आज बस्दै, नागरिकता विधेयक पारित गर्ने संसद् सचिवालयको तयारी

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । 

राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धीत विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल जारी रहने सम्भावित कार्यसूची छ । 


उक्त विधेयक आजै गृहमन्त्री बालकृष्ण खाणले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु