मंगलवार २२ बैशाख, २०८३ (Tuesday May 05, 2026)

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडा संग प्रतिस्पर्धा गर्दै

मंगलवार २१ असार, २०७९ Nepalexplores 1514


नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडा संग प्रतिस्पर्धा गर्दै

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीको सामना गर्दैछ । पहिलो एक दिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपालले आज क्यानडाको सामना गर्न लागेको हो । 

दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।


विश्वकप लिग टू अन्तर्गत स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो । क्यानडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु