मंगलवार २२ बैशाख, २०८३ (Tuesday May 05, 2026)

मेची भन्सार कार्यालयद्वारा १३ अर्ब बढी राजस्व संकलन

शनिबार १९ बैशाख, २०८३ nepalexplores 1168


मेची भन्सार कार्यालयद्वारा १३ अर्ब बढी राजस्व संकलन

१९ वैशाख, काठमाडौं । 
मेची भन्सार कार्यालय द्धारा १३ अर्ब बढी राजस्व संकलन गरेको छ।

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म रु. १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजस्व संकलन गरेको हो। 

उक्त सकंलन भएको रकम चालु आर्थिक वर्षको लागि निर्धारण गरिएको लक्ष्यको ६९ दशमलव ८३ प्रतिशत रहेको जनाएको छ।

चालु आर्थिक वर्षमा रु. १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व संकदन गर्ने राखिए पनि रु. १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार मात्र राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जनाएका छन्।

चैत महिनामा मात्रै रु. १ अर्ब ६० करोड ६८ लाख ४७ हजार राजश्व संकलन भएको हुमागाईंले जानकारी दिएका छन्। उक्त संकलन चैत महिनाको लक्ष्यको ९४ दशमलव ६९ प्रतिशत हो।

कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन महिनामा रु.१ अर्ब २६ करोड ५० लाख ७९ हजार, भदौमा रु.१ अर्ब ३६ करोड ४४ लाख ३९ हजार, असोजमा रु.१ अर्ब ५२ करोड २४ लाख ९१ हजार र कात्तिकमा रु.१ अर्ब ३० करोड ८१ लाख ८९ हजार राजश्व संकलन भएको छ।

त्यस्तै मङ्सिरमा रु.१ अर्ब ३६ करोड ७४ हजार, पुसमा रु.१ अर्ब ५८ करोड ८९ लाख २४ हजार, माघमा रु. १ अर्ब ४७ करोड ८८ लाख ५७ हजार र फागुनमा रु. १ अर्ब ६५ करोड ८० लाख ४ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु