मंगलवार २२ बैशाख, २०८३ (Tuesday May 05, 2026)

खाली जग्गा सदुपयोग गरी कागती खेती फष्टाउदैँ

बुधबार २० भाद्र, २०८० nepalexplores 1383


खाली जग्गा सदुपयोग गरी कागती खेती फष्टाउदैँ

 २० भदौ २०८०, काठमाण्डौँ ।

धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आएका उनको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थालेका हुन् । 

लम्साल भन्छन्, “यो कागती मलाई लकडाउनले दिएको उपहार हो ।” अहिले उनको साँझ–बिहान कागती खेतीमै बित्ने गरेको छ । विसं २०७६ मा कोरोना भाइरसको महामारीले देश ठप्प बन्यो । व्यापार–व्यवसाय सुनसान भए । कोरोनाले कोही कतै हिँड्डुल गर्ने अवस्था रहेन ।

त्यही फुर्सदको समय सदुपयोग गर्दै बाँझो बारीमा लगाएको कागतीले उत्पादन दिन थालेपछि लम्साल अहिले दङ्ग हुनुहुन्छ । तीन रोपनी बारीमा सुन कागतीको तीन सय बोट छ । एउटै बोटमा २० किलोसम्म कागती फलेको छ । उनी भन्छन्, “लकडाउनले दिएको उपहार कागती अहिले अतिरिक्त आम्दानीको स्रोत बनेको छ ।”

बाह्रैमास फल्ने कागतीको कतै चिचिला लाग्दैछ कतै पाक्दैछ । दैनिक ४० किलो कागती बिक्री भइरहेको छ । धादिङबेँसीका कतिपय तरकारी व्यापारी कागती लिन बारीमै पुग्छन् । बारीमा पुग्न नसक्नेलाई मागअनुसार टिपेर पुर्याइदिने गरिरहेको लम्सालले बताए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु