मंगलवार २२ बैशाख, २०८३ (Tuesday May 05, 2026)

चर्च ब्वाइजलाई हराउँदै आर्मी पुग्यो आहारारा गोल्डकपको फाइनलमा

बिहीबार १८ माघ, २०८० nepalexplores 1388


चर्च ब्वाइजलाई हराउँदै आर्मी पुग्यो आहारारा गोल्डकपको फाइनलमा

१८ माघ २०८०, काठमाडौं । 

चर्च ब्वाइज युनाइटेडलाई अतिरिक्त समयमा २-१ ले हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

पोखरामा भएको खेलमा आर्मीलाई जिताउन रसबहादुर मगरले ९९ औं मिनेटमा गोल गरेका थिए । रास बहादुर मगरले बसन्त जिम्बाको क्रसमा गोल गरेका थिए ।


यसअघि दुवै टिमबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा थकेलिएको थियो । ६१ औं मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाए पनि चर्च ब्वाइजका समिर तामाङले ८५ औं मिनेटमा गोल फर्काएका थिए ।

हेम्जनले करिब ३० यार्डबाट पाएको फ्रिकिकलाई सदुपयोग गर्दै बललाई विपक्षी गोलपोस्टको जाली चुमाए । ६१ औं मिनेटमा पेनाल्टी बक्स नजिकै उनलाई चर्चब्वाइजका सन्तोष खत्रीले लडाउन पुगेका थिए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु