मंगलवार २२ बैशाख, २०८३ (Tuesday May 05, 2026)

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना हुँदै

सोमबार १९ चैत्र, २०८० nepalexplores 1750


शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना हुँदै

१९ चैत, काठमाडौं । 

कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको गणना तथा अनुगमन सुरु गरिएको छ। निकुञ्जले कर्मचारी परिचालन गरेर बाह्रसिङ्गाको अनुगमन तथा गणना कार्य अगाडि बढाएको हो।

 

पैदल हिँडेर र गाडी चढेर अनुगमनको कार्य गरिने निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए। “पहिलोपटक ड्रोन उडाएर बाह्रसिङ्गा अनुगमन गरिरहेका छौँ।” हेडकाउन्टका लागि प्रत्यक्ष रूपमा अवलोकन तथा वाइनाकुलर र टेलिस्कोपको प्रयोग गरी अनुगमन भइरहेको उनको भनाइ छ।

 

‘हेड काउन्ट’ र ‘ट्रान्जिट लाइन’ गरी दुई विधि बाट अनुगमन तथा गणना भइरहेको ऐरले भने। निकुञ्जमा एक दशक अघिदेखि वन्यजन्तु सप्ताहको अवसर पारेर बाह्रसिङ्गाको गणना हुँदै आएको छ।

 

बाह्रसिङ्गाको अनुगमनका लागि शुक्लाफाँट, करैया, लालपानी, भतपुरी फाँटा छनौट गरिएको छ। यो सँगै घाँसेमैदान रहेको फायरलाइनहरुमा पनि अनुगमन हुने  छ। बाह्रसिङ्गाको सबैभन्दा ठूलो झुण्डको बासस्थान निकुञ्जको शुक्लाफाँट घाँसेमैदानमा रहेको छ।

 

सो मैदानमा एक हजार पाँच सय बढी बाह्रसिङ्गाको झुण्ड एकै ठाउँमा रहेको पाईन्छ।  गणना गर्न ट्रान्जिट लाइन विधि बाट अनुगमनका लागि जेडएसएल नामक संस्थाले सहयोग गरिरहेको छ। सन् २०२२ मा गरिएको अनुगमनमा निकुञ्जमा दुई हजार तीन सय १३ बाह्रसिङ्गा थिए।

 

घाँसेमैदानमा झुण्डमा रहने बाह्रसिङ्गा पर्यटकको मुख्य रोजाइमा पर्ने गरेका छन्। मौसम अनुसार बाह्रसिङ्गाले रङ्ग र सिङ फेर्ने गर्दछ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु