मंगलवार २२ बैशाख, २०८३ (Tuesday May 05, 2026)

काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम गरि घोडेजात्रा मनाइदै 

सोमबार २६ चैत्र, २०८० nepalexplores 1964


काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम गरि घोडेजात्रा मनाइदै 

२६ चैत, काठमाडौं । 
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। जात्रा विभिन्न कार्यक्रम गरि मनाइदै छ।  

 

जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्दछ। आज टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने छ।


जनविश्वास अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो। पीडित स्थानीय वासीले राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय स्थानीयवासीमा रहिरह्यो। यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो।

 

शहरका कुनै पनि बालबालिका माथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापा बाट खतरा नहुने विश्वास राजधानीवासीमा छ।


ललितपुरमा पनि एउटा आँखा नदेख्ने घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ। भने प्रत्यक बर्ष यसै गरि उपत्यका वासीले घोडाजात्रा मनाउने गरेका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु