सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

हरिबोधिनी अर्थात (ठूलो) एकादशी पर्व मनाइँदै

मंगलवार २७ कार्तिक, २०८१ nepalexplores 1485


हरिबोधिनी अर्थात (ठूलो) एकादशी पर्व मनाइँदै

२७ कात्तिक, काठमाडौं । 
आज हरिबोधिनी अर्थात (ठूलो) एकादशी पर्व विभिन्न ठाँउमा मनाइँदै छ।

कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै वास गर्छन् भन्ने धार्मिक विश्वास अनुसार तुलसीको मठ वरिपरि गाईको गोबर र रातो माटोले लिपपोते गरि फूलमालाले सिँगारेर नजिकै विष्णुको प्रतीकको रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ। 

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र विभिन्न रोगका लागि लाभदायक औषधि मानिन्छ। आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक पाईएको छ। भने तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ। 

आजका दिन काठमाडौं उपत्यकामा भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौंका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ। आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाईदै छ।

आजकै दिन नदी–तलाउ, जलाशय वारपार तोरण टाँगेर झकिझकाउ बनाईदैछ। तोरणलाई स्वर्गको प्रतीकसमेत मानिने हुनाले पशुपति समीप भएर बग्ने बागमतीमा तोरण टाँग्नेको घुइँचो छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु