सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु 

मंगलवार २७ चैत्र, २०८० nepalexplores 1888


भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु 

२७ चैत, काठमाडौं । 
परम्परागत विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने विश्वप्रसिद्ध बिस्केट जात्रा आज चैत २७ गतेदेखि सुरु हुँदै छ।

 

नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजा सहितको योःशि उठाइने र वैशाख १ गते दिनभर ल्यासिंखेलमा लिङ्गे जात्रा मनाएर साँझ लिङ्गो ढालेर मनाइन्छ।

 

जात्रामा अत्यावश्यक भैरव र भद्रकालीको रथ निर्माण लगायतका सबै तयारी पूरा भएको गुठी संस्थान भक्तपुरले जानकारी दिइयको छ। लिच्छवीकाल देखि सुरु भएको बिस्केट जात्रा वैशाख १ गते भन्दा चार दिन अगाडि भैरव र भद्रकालीको रथयात्रा गरी सुरु गर्ने परम्परा छ।

 

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गण बाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ।

 

चैत २६ गते हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाएर बाजागाजा सहित च्याङ्ग्रा गणेश मन्दिरको जङ्गलमा रुखलाई पूजा गरेर खड्ग भित्राए पछि बिस्केट जात्रा सुरु हुने परम्परा छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु