मंगलवार २२ बैशाख, २०८३ (Tuesday May 05, 2026)

सगरमाथा आरोहणको उत्साहले राजस्वमा बृद्धि 

शनिबार ८ बैशाख, २०८१ nepalexplores 1565


सगरमाथा आरोहणको उत्साहले राजस्वमा बृद्धि 

८ वैशाख, काठमाडौँ ।
यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन्।

 

सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको उत्साह जनक सहभागिताले राजस्व सङ्कलनमा बृद्धि भएको छ। सगरमाथा आरोहणको अनुमतिबापत हालस पर्यटन विभागका जम्मा रु ५६ करोड ४० लाख ३१ हजार एक सय ८१ राजस्व सङ्कलन भएको पर्यटन विभागले जनाएको छ।

 

पर्यटन विभागको अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति लिएका हुन्। हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन्। 

 

विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाको अनुसार निर्देशक सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेको र यो वर्ष चार सयभन्दा बढी आरोही आउने विश्वास व्यक्त गरे। 

 

अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु