मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

मनाङमा यार्सागुम्बा सङ्कलन सुरु

बिहीबार १३ बैशाख, २०८१ nepalexplores 1518


मनाङमा यार्सागुम्बा सङ्कलन सुरु

१३ वैशाख, काठमाडौं ।
विकट जिल्ला मानिने मनाङमा यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको छ। औषधीय जडीबुटीको रुपमा प्रयोग गरिने यार्सागुम्बा सङ्कलनको द.लागी नासों गाउँपालिका–८ ताचैस्थित नाम्के बाट खोज्न थालिएको हो। 
   
संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों–८ का वडाध्यक्ष याद घलेले यार्सा पाइने नजिकको खर्क बाट सङ्कलन सुरु भएको जानकारी दिए। मनाङमा यार्सागुम्बा सङ्कलन थालिने पहिलो गन्तव्य नाम्के खर्क हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै यार्सागुम्बा सङ्कलनका निम्ति नाम्के खर्कमा स्थानीयका साथै बाहिरी जिल्ला बाट आएका व्यक्तिलाई सङ्कलन अनुमति दिइएर यार्सागुम्बा सङ्कलनको लागि पठाईएको छ। 

मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बा सङ्कलन गर्ने उपयुक्त समयका रूपमा लिइन्छ। वैशाख देखि नाम्के खर्क बाट करिब दुई सय जना यार्सागुम्बा सङ्कलनको अनुमति लिएर खर्कतर्फ गएका छन्। अनुमतिपत्र बिना औषधीय जडीबुटी सङ्कलन गर्न पाइँदैन। अनुमति लिएपछि मात्रै खर्कतर्फ जान दिइन्छ।

यार्सागुम्बा सङ्कलनका लागि मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीय यार्सागुम्बा सङ्कलन गर्न मनाङका लेक पुग्छन्। मनाङको नाम्ग्य खर्क, किन्चो लेक, याक खर्क, पिसाङ लेक, फु लेक लगायतका खर्कमा यार्सागुम्बा बढी पाइने स्थान हुन्। यार्सागुम्बा सङ्कलन कार्य नाम्ग्य खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिने छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु