सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

बाटो खुल्यो सगरमाथाको चौथो शिविरसम्म पुग्ने

मंगलवार १८ बैशाख, २०८१ nepalexplores 1542


बाटो खुल्यो सगरमाथाको चौथो शिविरसम्म पुग्ने

१८ वैशाख, काठमाडौँ ।
पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर (७९५० मिटर) सम्म बाटो खुलेको छ।

 सगरमाथा आरोहणका लागि डोरी टाँग्ने ‘रोपफिक्सिङ’ को काम चौथो शिविरसम्म सम्पन्न भएको छ। मौसमले साथ दिए वैशाख २८ गते देखि सगरमाथा आरोहण हुने विभागको अनुमान छ।

विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका अनुसार मौसमले साथ दिए रोपफिक्सिङ टोली केही दिनमै चुचुरोसम्म पुगेर डोरी टाँग्नेछन् र वैशाखको २८ देखि आरोहण सुरु हुने छ। 

सगरमाथालगायत ल्होत्से हिमालमा दोस्रो शिविर (क्याम्प २) देखि चुचुरोसम्म रोपफिक्सिङको  जिम्मेवारी पर्वतारोहण सञ्चालक सङ्घ नेपालको व्यवस्थापनमा सेभेन समिट ट्रेक्स प्रालिलाई दिएको र रोप फिक्सिङ टोलीले चौथो शिविरसम्म डोरी टाँग्ने काम सम्पन्न भएको छ। विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  

 विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३७ आरोही समूहका ७० महिला र तीन सय २० पुरुष गरी कूल तीन सय ९० आरोहीले आरोहण अनुमति लिएका छन्। सगरमाथा आरोहण बाट मात्रै रु ५५ करोड ८५ लाख ४४ हजार चार सय ४९ रोयल्टी जम्मा भएको छ। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु