सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

कैलाश पर्वत र मानसरोवरमा जाने पर्यटकको संख्या बढ्दो

सोमबार ७ जेष्ठ, २०८१ nepalexplores 1594


कैलाश पर्वत र मानसरोवरमा जाने पर्यटकको संख्या बढ्दो

७ जेठ, काठमाडौं ।
भगवान् महादेवको वासस्थान मानिने कैलाश पर्वत र चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ। 

अध्यागमन कार्यालय रसुवागढीका अनुसार पछिल्लो समय यात्राका लागि काठमाडौँ बाट त्रिशूली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरूका कारण रसुवागढी नाकामा चहलपहल बढेको छ। भने दैनिक औसत ४० जना यात्रुहरू मानसरोवर जानका लागि नाकाबाट त्यसतर्फ प्रस्थान गर्ने गरेको जानकारी दिएका छन्।

नेपालबाट मानसरोवर जानका लाग रसुवागढी र हुम्लाका हिल्सा नाका भए पनि काठमाडौँ बाट नजिक उक्त नाकाबाट मानसरोवर साढे नौ सय किलोमिटर टाढा छ।

अध्यागमन कार्यालय रसुवागढीका अनुसार पछिल्लो समय चिनियाँ नागरिकहरू पनि दैनिक ५० को हाराहारीमा नाका हुँदै नेपाल प्रवेश गर्ने गरेका छन्। 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु