मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

भोजपुरको ‘चखेवा भञ्ज्याङ’ पर्यटकको केन्द्र बन्दै

बिहीबार २३ श्रावण, २०८२ nepalexplores 1937


भोजपुरको ‘चखेवा भञ्ज्याङ’ पर्यटकको केन्द्र बन्दै

२२ साउन, काठमाडौं ।
भोजपुरको ‘चखेवा भञ्ज्याङ’ पर्यटकको कन्द्र बन्दै गएको छ। पछिल्लाे समय भोजपुरको टेम्केमैयुङ गाउँपालिका चखेवा भञ्ज्याङ पर्यटकका लागि सहज गन्तव्य बनेको छ।

समुद्री सतहबाट २,३५१ मिटर उचाइ र भोजपुर सदरमुकाम बाट करिब ४० किलोमिटरको दुरीमा रहेको चखेवा भञ्ज्याङलाई पर्यटनको केन्द्र बनाउन लागिएको जनाएको छ।

गाउँपालिकाले चखेवा क्षेत्रमा सांस्कृतिक सङ्ग्रहालय, पार्क र अध्ययन केन्द्र बनाउने योजना बनाएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताएका छन्।

मध्य पहाडी लोकमार्गसँगै मुन्दुम पदमार्गको केन्द्र विन्दुका रूपमा रहेकाले भञ्ज्याङ क्षेत्रको सहरीकरणसँगै बस्ती विस्तारमा जोड दिइएको समेत बताएका छन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु