सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

काठमाडौंमा चुरे संरक्षणको माग गर्दै मधेशबासीको प्रदर्शन 

शुक्रबार ४ श्रावण, २०८१ nepalexplores 1602


काठमाडौंमा चुरे संरक्षणको माग गर्दै मधेशबासीको प्रदर्शन 

४ साउन, काठमाडौं। 
तराई–मधेशमा चुरे संरक्षण र पानीको अभाव समस्या समाधान गर्न माग गर्दै माइतीघर देखि बानेश्वरसम्म प्रदर्शन भएको छ।

वैशाख १६ गतेदेखि पैदल हिँडेर मधेशको पानीको समस्याबारे सरकारलाई जानकारी गराउन र समस्या सम्बोधनका लागि दबाब दिन काठमाडौं आएका मधेशबासीहरूले पुनः शुक्रबार माइतीघर देखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

‘सरकार पानी देऊ, भूमिबिहीनका नाममा चुरे अतिक्रमण बन्द गर, वनलाई डढेलोमुक्त बनाऔ, खानीका खातिर रुख रोपौं’ लगायतका नाराहरू बोकेर मधेशवासी र वृहत नागरिक आन्दोनलमा सहभागीहरूले नारा लगाइरहेका छन्।

उनीहरूको प्रदर्शनमा वृहत नागरिक आन्दोलन पनि समर्थन जनाउँदै ब्यानरसहित सडकमा उत्रिएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु