मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

जापानीज इन्सेफलाइटिसको सङ्क्रमण बड्दो

शुक्रबार २८ भाद्र, २०८१ nepalexplores 1527


जापानीज इन्सेफलाइटिसको सङ्क्रमण बड्दो

२८ भदौ, काठमाडौं । 
नेपालमा जापानीज इन्सेफलाइटिसको सङ्क्रमण बड्दो छ।

परिवार कल्याण महाशाखाका अनुसार देशभरका ६१ जना जापानीज इन्सेफलाइटिसका  सङ्क्रमितमध्ये १४ जनाको मृत्यु भएको जानकारी दिएको छ।

हाल नेपालमा सङ्क्रमण पुष्टि भएकामध्ये २३ प्रतिशतको मृत्यु भएको बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ। जस अनुसार जापानीज इन्सेफलाइटिसको सङ्क्रमणबाट मृत्युदर ३० प्रतिशत हो। ‘मृत्यु हुनेमा १५ वर्ष मुनिका बालबालिका पनि छन्,’ गत वर्षको तुलनामा यो वर्ष मृत्युदर बढी छ।’

जापानीज इन्सेफलाइटिस तराई क्षेत्रमा बढी देखिएको बताए। चितवन, सिन्धुली, रौतहट, कैलाली, कपिलवस्तु, पाल्पा,सर्लाही, सिराह, सुनसरी,  झापा जिल्ला लगायत रहेका छन्। प्रयोगशालामा पुष्टि भएका बिरामी धेरै जस्ता १५ वर्षभन्दा कम उमेरका रहेको बाल स्वास्थ्य तथा खोप सेवा शाखाले बताएको छ।

जापानीज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो।  जापानीज इन्सेफलाइटिस जनावर (हाँस, कुखुरा, सँगुर, बँगुर, घरपालुवा चरा)लाई लामखुट्टेले टोकेर मानिसलाई टोकेमा सर्ने भाइरसजन्य रोग हो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु