मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

भन्सार छली बड्दो

शनिबार ९ असार, २०८१ nepalexplores 1508


भन्सार छली बड्दो

८ असार, काठमाडौँ । 
चालु आर्थिक वर्षको पछिल्लो समय नेपालमा मोबाइल फोन आयात वृद्धि भएको छ। यो बर्षको ११ महिनामा २६ अर्ब ३३ करोड भन्सार मूल्यका १७ लाख १० हजार थान मोबाइल नेपाली बजारमा भित्रिएको तथ्याङ्क छ। 

गत वर्षको तुलनामा भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०–८१ को सोही अवधिसम्ममा २ लाख ८२ हजार थान बढी मोबाइल आयात भएको हो। तथ्यांकअनुसार यो वर्ष २६ अर्ब ३३ करोड रुपैयाँ भन्सार मूल्य बराबरको मोबाइल आयात हुँदा गत वर्षको सोही अवधिमा २२ अर्ब ३८ करोड रुपैयाँ भन्सार मूल्यको मात्रै मोबाइल आयात भएको तथ्याङ्कले देखाउँछ।

मोबाइल सेटको वैधता नियमन प्रणाली एमडीएमएस प्रणाली कार्यान्वयन नहुँदा भन्सार छली बढेको व्यवसायीहरूको गुनासो छ। नेपालमा भित्रिएका यस्ता मोबाइल औसतमा १५ हजार रुपैयाँभन्दा बढीको छ। तर नेपालमा अवैध बाटोबाट मोबाइल भित्रिएका छन्।

खुला सिमाना तथा भन्सार छलीमार्फत ५५ सय मोबाइल सेट मासिक रूपमा नेपालमा भित्रने गरेको महासङ्घको दाबी छ। यसको मासिक भ्यालु ४४ करोड र वार्षिक ५ अर्ब २८ करोड रकम भन्सार छली हुने गरेको महासङ्घको रेकर्डमा छ। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु