शुक्रबार २२ जेष्ठ, २०८३ (Friday June 05, 2026)

पर्सा सुक्खाबन्दरगाह भन्सार राजस्व लक्ष्य पाँच अर्बले घटाइयो

मंगलवार ११ भाद्र, २०८१ nepalexplores 1435


पर्सा सुक्खाबन्दरगाह भन्सार राजस्व लक्ष्य पाँच अर्बले घटाइयो

११ भदौ, काठमाडौं ।
पर्सा सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि आव २०८१,८२ मा पाँच अर्ब लक्ष्य घटाइएको छ।

भन्सार कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि भन्सार विभागले गत आवको तुलनामा चालु आवमा पाँच अर्बले लक्ष्य घटाएको हो। भन्सार विभागले सुक्खाबन्दरगाह भन्सार कार्यालयलाई चालु आवमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ। 

सुक्खाबन्दरगाह भन्सार कार्यालय भन्सार विभागले कार्यालयलाई चालु आवमा रु ६० अर्ब चार करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको बताएका छन्। 

भन्सार विभागले आव २०८०,८१ मा कार्यालयलाई रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो।कार्यालयले सो अवधिमा लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत अर्थात् रु ४७ अर्ब ३१ करोड एक लाख ९० हजार राजस्व सङ्कलन गरेको हो। 

“कार्यालयले गत आवमा लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत राजस्व असुली गरेको थियो। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु