शुक्रबार २२ जेष्ठ, २०८३ (Friday June 05, 2026)

भन्सार अधिकृतविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

बुधबार १४ चैत्र, २०८० nepalexplores 1490


भन्सार अधिकृतविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

१४ चैत, काठमाडौं ।
विराटनगर भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत ताराप्रसाद सापकोटा लगायतका व्यक्तिहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। 


आयोगले भन्सार प्रमुख सापकोटा र भन्सार अधिकृत नकुल शर्मा विरुद्ध रु ८४ लाख ५५ हजार छ सय पाँच बराबरको बिगो दाबी गरेको छ। देव इन्टरनेशन प्रालि उपर राजस्व चुहावट, सरकारी कागजातको नोक्सानी एवं गलत प्रतिवेदन तयार पारी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो ।


यस्तै देव इन्टरनेशन प्रालिका सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेण्टका प्रतिनिधि सरनकुमार खरेलविरुद्ध रु ८४ लाख ५५ हजार छ सय पाँच बराबरको बिगो दाबी गरिएको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु