मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

साउन महिनामा बढ्यो ८ प्रतिशतले भन्सार राजस्व 

आईतवार १ भाद्र, २०८२ nepalexplores 1417


साउन महिनामा बढ्यो ८ प्रतिशतले भन्सार राजस्व 

१ भदौं, काठमाडौं ।
साउन महिनामा ८ प्रतिशतले भन्सार राजस्व बढेको छ।

गत वर्षको तुलनामा ८ प्रतिशतले राजस्व बढे पनि रसुवा नाका ठप्प र तातोपानी नाका सुस्त हुँदा लक्ष्य अनुसार राजस्व उठाउन समस्या भएको भन्सार कार्यलयले जनाएको छ।

यो वर्षको साउनमा ३७ अर्ब ३४ करोड रूपैयाँ संकलन भएको छ। भने गत वर्ष साउन महिनामा ३४ अर्ब ६९ करोड भन्सार राजस्व संकलन भएको जनाएको छ।  

अर्थमन्त्रालयले साउन महिनामा ४५ अर्ब ७१ करोड भन्सार राजस्व उठाउने लक्ष्य राखेकोमा लक्ष्यको ८१ प्रतिशत मात्रै संकलन भएको छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु