मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

युरोपियन युनियनले चिनियाँ बिजुली गाडीमा बढायो भन्सार

शनिबार २ असार, २०८१ nepalexplores 1443


युरोपियन युनियनले चिनियाँ बिजुली गाडीमा बढायो भन्सार

१ असार, काठमाडौं ।

युरोपियन युनियनले ४८ प्रतिशतसम्म अमेरिकाले चिनियाँ बिजुली गाडीमा १०० प्रतिशत भन्सार लगाएको एक महिना नबित्दै लगाउने निर्णय गरेको छ।

तेलबाट चल्ने चिनियाँ गाडीमा १० प्रतिशत भन्सार लगाइरहेको युरोपियन युनियनले जुलाइदेखि लागू हुने गरी बिजुली गाडीमा ३८ प्रतिशतसम्म भन्सार दर बढाएको हो। चीन सरकारले बिजुली गाडीमा दिने अनुदान, कर छुट लगायत सुविधाबारे आठ महिना छानबिन गरेर युरोपियन युनियनले बुधबार भन्सार दर बढाउने निर्णय गरेको हो।

४८ प्रतिशतसम्म भन्सार पु¥याए पनि चीनले युरोपको बजारमा प्रतिस्पर्धा गर्न सक्नेछ। भन्सार दर बढ्दा चिनियाँ कम्पनीको नाफामा भने असर पुग्नेछ। चीनले पहिले नै ठूला इन्जिनका कारमा १५ देखि २५ प्रतिशतसम्म भन्सार बढाउने संकेत गरिसकेको छ। चीनमा उत्पादन गर्ने विदेशी कम्पनीलाई थप नियमन गरेर विदेशी उत्पादनमा समेत भन्सार बढाउन सक्ने अनुमान गरिएको छ।

युरोपियन युनियनले भन्सार बढाउने कुनै कानुनी र तथ्यात्मक आधार नभएको चीनले भनेको छ। यस्तो निर्णय गरेर युनियनले आर्थिक र व्यापारिक मामिलालाई हतियारका रूपमा प्रयोग गरेको चीनको भनाइ छ। यसले चीन र युरोपबीचको द्विपक्षीय आर्थिक र व्यापारिक सहकार्यमा नराम्रो प्रभाव पार्ने पनि बताएको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु