मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

कञ्चनपुरको पुरैनीमा आइपुगे प्रवासी पन्छी कलहाँस

सोमबार २४ मंसिर, २०८१ nepalexplores 1494


कञ्चनपुरको पुरैनीमा आइपुगे प्रवासी पन्छी कलहाँस

२४ मंसिर, काठमाडौं ।
कञ्चनपुरको पुरैनीमा प्रवासी पन्छी कलहाँस आइपुगेको छ।

उत्तरी धुव्रमा चिसो बढेपछि प्रत्येक वर्ष कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित पुरैनी तालमा कलहाँस लगायतका जलपन्छीका प्रजाति आइपुग्छन्। विगतका वर्षमा कात्तिकको अन्तिम हप्तामै पुग्ने कलहाँस यसवर्ष भने ढिलो गरी ताल क्षेत्रमा आइपुगेका हुन्।

तालमा यस अघि नै हरियो टाउके हाँस, सुनजुरे हाँस, कैलेहाँस, विजला गैरी हाँस, सुइरेपुच्छे हाँस, खडखडे हाँस, मालक हाँस लगायत पुगेका छन्। भने अहिले चालिसभन्दा बढीको सङ्ख्यामा कलहाँसको झुण्ड पुरैनी तालमा आइपुगेको हो।

घरमै पालिने हाँसभन्दा केही सानो तर बखतभन्दा ठूलो जिउडालको कलहाँस हुने गर्दछ। यसको तौल तीनदेखि पाँच किलोसम्म हुने गर्दछ। सुन्तला रङको चुच्चो, गुलाबी खुट्टा, गोलोभारी शरीर, लामो गर्दन, पङ्खको रङ खैरो हुने कलहाँस जलपन्छीमा सुन्दर पन्छीका रूपमा रहेको छ। 

सेतो पुच्छर र पछाडिको छेउको साथ सादा, खैरो–खैरो हुन्छन्। माथिल्लो भाग गाढा खैरो, टाउको, घाँटी हल्का खैरो र तल्लो भाग सेतो रङको हुन्छ।

प्रजनन समयमा यस हाँसले सिमसार क्षेत्रमा गुँड बनाई बच्चा कोर्लने गर्दछ। साइबेरिया, युरोप लगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि बसाइँसराइ गरी आइपुग्ने कलहाँस गर्मी सुरू हुनअगावै पुरानै ठाउँमा फर्कने गर्दछन्।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु