मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द

बुधबार २४ पुष, २०८१ nepalexplores 1341


बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द

 २४ पुस, काठमाडौं ।
बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द भएको छ।

द हिन्दुको अनुसार निर्वासनमा रहेकी शेख हसिनाको पासपोर्ट रद्द भएको जनाएको हो। बंगलादेश सरकारले शेख हसिनासहित ९७ जनाको पासपोर्ट रद्द गरेको छ। 

गत जुलाईदेखि अगष्टसम्म बंगलादेशमा आरक्षणविरूद्धको विद्यार्थी आन्दोलन भएको थियो। आन्दोलन सरकारको नियन्त्रण बाहिर गएपछि गत अगस्ट ५ (साउन २१ गते) मा हसिनाले देश छाडेकी थिइन्।

‘पासपोर्ट विभागले मानिस बेपत्ता पार्ने घटनामा संलग्न २२ जना र हत्याका घटनामा संलग्न रहेको आरोपमा हसिनासहित ७५ जनाको पासपोर्ट रद्द गरेको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसका प्रेस सल्लाहकारले बताएका छन्।

हसिनाको पासपोर्ट रद्द भएसँगै भारतमा उनको बसाइ कठिन हुने विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। बंगलादेशले हसिनालाई पक्राउ गर्न इन्टरपोलमा पनि रेड कर्नर नोटिसका लागि पत्राचार गरेको थियो। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु