सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु

सोमबार ७ माघ, २०८१ nepalexplores 1436


बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु

७ माघ, काठमाडौं ।
बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु भएको छ। राप्ती नदीमा छाडिएका घडियाल गोहीको गणना हुने भएको हो। बाँके राष्ट्रिया निकुञ्जको अनुसार जिल्लाको कुसुम क्षेत्रबाट गोहीको गणना सुरु भएको जनाएको छ। 

गत वर्ष राप्ती नदीमा चितवनबाट ल्याइएका १४ वटा घडियाल गोही छाडिएका थियो। राप्ती नदीको कुसुम, अगैया र शिवखोलासम्मको क्षेत्रमा घडियाल गोहीको बासस्थान भएको अनुमान गरिएको छ। 

ती सबै क्षेत्रमा रहेका घडियाल गोहीको गणना हुने जनाएको छ। दुई सातासम्म हुने गणनाका लागि निकुञ्जका केही कर्मचारीसहित दुई जना ‘सामुदायिक वैज्ञानिक’ परिचालन भएको निकुञ्जले जनाएको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु