मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

गोरखामा सञ्चालीत नेपाली कागज उद्योगलाई कच्चा पर्दाथको अभाव

बुधबार ७ फाल्गुन, २०८१ nepalexplores 1305


गोरखामा सञ्चालीत नेपाली कागज उद्योगलाई कच्चा पर्दाथको अभाव

७ फागुन, काठमाडौं ।
गोरखामा सञ्चालीत नेपाली कागज उद्योगलाई कच्चा पर्दाथको अभाव हुन थालेको छ। झण्डै २० वर्षदेखि गोरखामा सञ्चालन हुँदै आएको नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव हुन थालेको हो।

उद्योगले कच्चा पर्दाथको अभावमा माग अनुसार उत्पादन गर्न सक्ने अवस्था नरहेको जनाएको छ। गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा सञ्चालन हुँदै आएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगले आवश्यकता अनुसार कच्चा पर्दाथको नपाउँदा समस्या हुँदै आएको उद्योगका सञ्चालक पासाङ निमा शेर्पाले बताएका छन्।

‘नेपाली हाते कागज उत्पादनका लागि हिमाली भेगका जंगलबाट लोक्ता खोजेर ल्याउनुपर्छ, शेर्पाले भने, ‘जंगलमा बाह्रै महिना लोक्ता पाउन पनि गाह्रो छ।’  उद्योगले उत्तरी गोरखाको धार्चे, चुमनुब्री र अजिरकोट गाउँपालिका क्षेत्रका जंगलबाट कच्चा पर्दाथ ल्याएर नेपाली कागज उत्पादन गर्दै आएको छ।

 ‘वर्षभरी तीन महिना फागुन चैत र बैशाख महिनामा जंगलमा अरु बेला भन्दा धेरै कच्चा पर्दाथ पाइन्छ’, उनले भने, ‘तर जङ्गलमा गएर झिक्ने, सुकाउने र यहाँसम्म ल्याउने मान्छे नै पाउन गाह्रो छ।’ जङ्गलबाट  झिकेर ल्याएको कच्चा पर्दाथ उद्योगसम्म ल्याउन सडक समस्याका कारण थप कठिनाइ हुने गरेको बताएका छन्। 

‘उद्योगले जति उत्पादन गरेपनि बजारमा बिक्रीका लागि भने कुनै समस्या नरहेको र उद्योगमा उत्पादित नेपाली कागज बिक्रीका लागि बजारको भने कुनै समस्या नरहेको उद्योग सञ्चालक पासङ शेर्पाले जनाएका छन्। मजदुरहरुले जङ्गलबाट झिकेर ल्याएको लोक्ता प्रतिक्विन्टल १५ हजार रुपैयाँमा उद्योगले खरिद गदै आएको छ।

‘रोजगारीका हिसावले त कच्चा पर्दाथ संकलन गर्ने मजदुरहरुको पनि आम्दानी राम्रो हुन्छ,’ उनले भने, ‘जंगलमा गएर खोज्नुपर्ने हुनाले अलि दुःख हुने भएकाले जो कोही तयार हुँदैनन्।’ उद्योगमा एक ‘क्विन्टल‘ कच्चा पदार्थबाट दुईहजार थान (२०÷३० साइज) को कागज उत्पादन हुने शेर्पाले जानकारी दिएका छन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु