सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

म्याग्दीको अन्नपूर्ण हिमाल आरोहण सुरु

मंगलवार २५ चैत्र, २०८१ nepalexplores 1492


म्याग्दीको अन्नपूर्ण हिमाल आरोहण सुरु

२६ चैत, म्याग्दी । 
म्याग्दीको अन्नपूर्ण हिमाल आरोहण सुरु भएको छ। वसन्त यामको सुरु भए सँगै अन्नपूर्ण हिमाल आरोहण सुरु भएको हो।

नेपाल पर्वतारोहण सङ्घको अनुसार आरोहण सुरु भएको पहिलो दिन सोमबार बिहान ८ बजे देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेको जनाएको छ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ। सेभेन समिट ट्र्याकबाट नौ, पायनियर एडभेन्चरबाट आठ, आठके एक्सपिडेसनबाट नौ, इमाइजिन नेपालबाट तीन र मकालु एभेन्चरबाट दुईजनाले अन्नपूर्णको सफल आरोहण गरेको सङ्घका महासचिव मोहन लम्सालल जानकारी दिएका छन्।

 गत वर्ष जम्मा २५ जनाले मात्र अनुमति लिएकोमा यस वर्ष वसन्त याममा अन्नपूर्ण आरोहणका लागि ६६ जनाले अनुमति लिएका छन्। चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरुले भरिएको छ।

सन् १९५० मा फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण पहिलोपटक आरोहण गरेका थिए। अन्नपूर्णको अहिलेसम्म ५२० जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ।

प्रथम आरोही मौरिस हर्जोग आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग निर्माण गरिएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु