मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

शेर्पा युवाको पर्वतारोहण पथप्रदर्शकमा आकर्षण घट्दो

मंगलवार १४ जेष्ठ, २०८२ nepalexplores 1498


शेर्पा युवाको पर्वतारोहण पथप्रदर्शकमा आकर्षण घट्दो

१३ जेठ, काठमाडौं ।
शेर्पा युवाको पर्वतारोहण पथप्रदर्शक पेशमा आकर्षण घट्दो रहेको छ। सोलुखुम्बु जिल्ला बाट अनुभवी पर्वतारोहण पथप्रदर्शकहरू भए पनि दोस्रो पुस्ताका शेर्पा युवाहरूको कम सहभागिता भएको नेपाल पर्वतारोहण सङ्घका सञ्चार अधिकृत दीपेन्द्र गुरूङले बताएका छन्। 

नेपाल पर्वतारोहण महासङ्घले शेर्पा युवाहरूको पर्वतारोहण पथप्रदर्शकको रूपमा कम सहभागिता देखाएको बताएका छन्। आठ पटक सगरमाथा आरोहण गरेका सोलुखुम्बुका दावा शेर्पाले हिमालप्रतिको मोह अझै कायम रहेको बताएका छन्।

पर्यटक र हिमाल आरोहणको अवसर बढ्दै गए पनि शेर्पा युवाहरूको आकर्षण घट्दै गएको र जलवायु परिवर्तनले चिन्ता बढाएको बताएका हुन्।

पहिलो पुस्ताका अनुभवी शेर्पाहरूले पर्वतारोहण पथप्रदर्शक धाने पनि आगामी दिनहरूमा पथप्रदर्शकका रूपमा शेर्पा समुदायका युवाहरूको कमी हुन सक्ने नेपाल पर्वतारोहण महासङ्घले जनाएको छ।

निरन्तर आम्दानीको स्रोत नभएको र हिमाल चढ्नेहरूका लागि सरकार बाट सेवा सुविधा नभएका कारण पनि यो पेसाबाट शेर्पाहरू विस्थापित भएको जनाएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु