मंगलवार २२ बैशाख, २०८३ (Tuesday May 05, 2026)

बेलायत, फ्रान्स र जर्मनी जेनेभामा इरानसँग वार्ता गर्दै

शुक्रबार ६ असार, २०८२ nepalexplores 1407


बेलायत, फ्रान्स र जर्मनी जेनेभामा इरानसँग वार्ता गर्दै

६ असार, काठमाडौं ।
बेलायत, फ्रान्स र जर्मनी इरानसँग जेनेभामा वार्ता गर्ने भएको छ। इसराइल–इरान युद्धमा अमेरिका सहभागी हुनेबारे विचार गर्दै गर्दा युरोपेली देशहरूले भने वार्तामा जोड दिएका छन्।

अमेरिका इसराइल–इरान युद्धमा सहभागी हुने कि नहुने निर्णय गर्न ट्रम्पले दुई हप्ताको समय तोकेकाे छ। त्यसको भोलिपल्ट युरोपेली देशहरूले इरानसँग वार्ता गर्न लागेका छन्। इसराइल र अमेरिका दुवैसँग राम्रो सम्बन्ध भएका बेलायत, फ्रान्स र जर्मनीले इरानसँग वार्ता गर्ने भएका हुन्। 

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार तीन युरोपेली देश र इरानका विदेश मन्त्रीहरूले समस्याको कूटनीतिक समाधान निकाल्नका लागि स्वीट्जरल्याण्डको जेनेभामा वार्ता गर्ने भएका छन्।

इसराइलले गत साता इरानको आणविक हतियार कार्यक्रम रोक्न हमला गरेपछि दुई देशले एक अर्कामाथि लगातार आक्रमण गरिरहेका छन्।इरानको फर्दोको भट्टी ध्वस्त पार्न इसराइलले अमेरिकाको सहयोग मागेको र ट्रम्प त्यसका लागि तयार रहेको उल्लेख गरेको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु