मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

आज राष्ट्र बैंकले ६० अर्ब तरलता  खिच्दै

आईतवार १ भाद्र, २०८२ nepalexplores 1426


आज राष्ट्र बैंकले ६० अर्ब तरलता  खिच्दै

१ भदौं, काठमाडौं ।
आज राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ झिक्न लागेको छ।

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज ६० अर्ब रुपैयाँ झिक्न लागेको हो।

अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले ३१ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ। आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आहृवान गरेको छ।

घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयााले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख गरेको छ।निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु