मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

नारायणी र राप्ती नदीमा घडियाल गोही गणना

सोमबार २३ मंसिर, २०८२ nepalexplores 1884


नारायणी र राप्ती नदीमा घडियाल गोही गणना

२२ मंसिर, काठमाडौं।

 नारायणी र राप्ती नदीमा घडियाल गोही गणना कार्य सुरु भएको छ।

आइताबार देखि राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुमगन सुरु गरिएको हो। 

हरेक वर्ष नारायणी र राप्ती नदीमा छाडिने गरेको गाहीको अवस्था बुझ्नका लागि गोही गणना तथा अनुगमन गर्ने गरिएको छ।

मंसिर २१ गते देखि २८ गते सम्म घडियाल गोहीको गणना तथा अनुगमन गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताएका छन्। 

राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही हरेक वर्ष प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ। तीनै घडियाल गोहीको सङ्ख्या एकिनका लागि गणना गर्न लागिएको जनाएको छ।

थापाका अनुसार राप्ती नदीको लोथर देखि गोला घाट हुँदै त्रिवेणीसम्म र नारायणी नदीको गाँजीपुरदेखि गोलाघाटको राप्ती नदीसँगको सङ्गमस्थलसम्म गणना गरिने बताएका छन्।

गोही गणनाका लागि निकुञ्जका प्राविधिक टोली, नेपाली सेना र बोटे समुदायका व्यक्ति परिचालन गरिएको जनाएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु