मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

आज किरात समुदायले मनाए उधौली साकेला पर्व

शनिबार २८ मंसिर, २०८२ nepalexplores 1352


आज किरात समुदायले मनाए उधौली साकेला पर्व

२७ मंसिर, काठमाडौँ । 

आज किरात राई समुदायले उधौली साकेला पर्व मनाएका छन्। 

राजधानीको टुँडिखेलमा किरात राई यायोक्खा काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा उधौली साकेला पर्व मनाइएका हुन्।

उधौली साकेलाको अवसरमा किराती समुदायका मौलिक वेशभूषामा सजिएका सहभागीले आफ्ना सांस्कृतिक परम्परा झल्काउने साकेला नृत्य शिली प्रस्तुत गर्दै आपसमा शुभकामना आदनप्रदान गरेका हुन्।

उधौलीको अवसरमा हरेक वर्ष किरात यायोक्खाले विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ। 

किरात समुदायले वैशाख पूर्णिमामा उभौली पूजा गरी खेतीपातीका लागि आशीर्वाद माग्ने र उधौलीमा सफल बालीका लागि धन्यवाद दिँदै साकेला नाच्ने परम्परा रहेको छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु