मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

नेपालीमा प्रकाशीत भयो मौरिस हर्जोगको पुस्तक ‘अन्नपूर्ण’ 

शनिबार ५ पुष, २०८२ nepalexplores 1335


नेपालीमा प्रकाशीत भयो मौरिस हर्जोगको पुस्तक ‘अन्नपूर्ण’ 

५ पुस, काठमाडौँ । 
मौरिस हर्जोगको पुस्तक ‘अन्नपूर्ण’ नेपालीमा प्रकाशीत भएको छ।

ऐतिहासिक १९५० फ्रान्सको–नेपाली पर्वतारोहण टोली नेता मौरिस हर्जोगको पुस्तक ‘अन्नपूर्ण’ प्रिमियर ८००० को नेपाली ससससससंस्करण बजारमा आएको छ।

आज नेपालस्थित फ्रान्सेली दूतावास र एलायन्स फ्रान्सेली दे काठमाडौंले मौरिस हर्जोगकको पुस्तक ‘अन्नपूर्ण’ नेपाली अनुवादको विमोचन भएको छ।

उक्त टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरी ८,००० मिटरभन्दा अग्लो चुचुरो चुम्ने पहिलो कीर्तिमान कायम गरेको थियो। 

‘अन्नपूर्ण’ नामक पुस्तकको नेपाली संस्करणले यस ऐतिहासिक वृत्तान्तलाई नेपालका धेरै पाठकहरूको पहुँचमा पु¥याउने जनाएको छ।

नेपाली संस्करणको अनुवादका लागि फ्रान्सेली दूतावासले आर्थिक सहयोग गरेको हो। भने यसलाई फाइन प्रिन्टले प्रकाशन गरेको हो।

पुस्तक विमोचनको अवसरमा राजदूत कोर्तेवलले भनिन्, ‘नेपाली पाठकहरूले असाधारण प्रतिध्वनि बोकेको साहसिक र अनुपम कथा, पर्वतारोहणको इतिहासको एक अद्वितीय क्षण र नेपाल फ्रान्सलाई आजसम्म जोड्ने मित्रतालाई यस पुस्तक मार्फत खुसीसाथ बुझ्ने सक्ने विश्वास रहेको बताउको छन्।

कार्यक्रममा पुस्तकका अनुवादक एवं एलायन्स फ्रान्सेलीका फ्रान्सेली भाषा शिक्षकहरू अशोक शाक्य र रिजेन्द्र श्रेष्ठले नेपाली अनुवादका केही छानिएका अंशहरू वाचन गरेर सुनाएका थिए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु