मंगलवार २२ बैशाख, २०८३ (Tuesday May 05, 2026)

राष्ट्रपति पौडेल द्धारा फागुपूर्णिमा (होली)को शुभकामना

सोमबार १८ फाल्गुन, २०८२ nepalexplores 1239


राष्ट्रपति पौडेल द्धारा फागुपूर्णिमा (होली)को शुभकामना

१८ फागुन, काठमाडौं।
राष्ट्रपति चामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) को शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गरेका छन्।

पौडेलले समाजमा विद्यमान विभिन्न विकृति, विसंगति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भन्दै होली पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गरेका छन्।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा वैरभाव परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवम् साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ्ग दलेर सद्भाव प्रकट गर्ने तथा रमाइलो गर्ने परम्परा रहेको राष्ट्रपति पौडेलको बताएका छन्।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु