मंगलवार २२ बैशाख, २०८३ (Tuesday May 05, 2026)

चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदीमा घडियालको गुँड खोज्दै

बिहीबार १९ चैत्र, २०८२ nepalexplores 1262


चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदीमा घडियालको गुँड खोज्दै

१९ चैत,काठमाडौं।
चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदीमा घडियाल गोहीको गुँड खोज्न सुरु गरेको छ। 

चितवन राष्ट्रिय निकुञ्जले चैत १ गतेदेखि राप्ती नदीमा घडियाल गोहीका गुँड खोज्न सुरु गरेको हो।

चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्ष चैत र वैशाखमा घडियाल गोहीको नदीमा गुँड खोज्ने गरेको छ।

यही चैत १ गतेदेखि गुँड खोज्ने काम सुरु गरिएको र वैशाख १० गतेसम्म घडियाल गोहीको गुँड खोज्न  निरन्तरता दिइने निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले बताएका छन्।

गुँड खोज्नका लागि बोटे समुदायका दुई जनालाई परिचालन गरिएको मगले बताएका छन्।

गुँड खोजिसकेपछि पुनः कर्मचारी परिचालन गरी अण्डा संकलनको काम सुरु गरिने बताएका छन्।

गुँडमा रहेका अण्डा संकलन गरी कार्यालयमा रहेको गोही प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने प्रक्रिया सुरु गरिने जनाएका छन्।

यस अघिका वर्षहरूमा निकुञ्जले राप्ती र नारायणी नदीमा गोहीका गुँड खोज्ने काम गरे पनि यस वर्ष राप्ती नदीमा मात्र खोज्न लागिएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु