शनिबार ३० जेष्ठ, २०८३ (Saturday June 13, 2026)

सुधन गुरुङ र महावीर पुनले लिए शपथ

मंगलवार २६ जेष्ठ, २०८३ nepalexplores 1154


सुधन गुरुङ र महावीर पुनले लिए शपथ

२६ जेठ, काठमाडौं ।
सुधन गुरुङ र महावीर पुनले शपथ लिएका छन् ।

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै सुधन गुरुङलाई गृह र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गरेका हुन् ।

आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू पनि उपस्थित भएका छन् ।

गुरुङ यस अघि पनि गृहमन्त्री नै थिए । उनको सम्पत्ति विवरणको विषयमा विवाद भएपछि उनले राजीनामा दिएका थिए । 
सरकारले गठन गरेको छानबिन समितिले उनलाई क्लिनचिट दिएपछि उनी फेरि गृहमै दोहोरिएका हुन्।

त्यस्तै महावीर पुन पनि जेनजी आनदोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री थिए ।

फागुन २१ को निर्वाचन अघि मन्त्री पद बाट राजीनामा दिएर म्याग्दी बाट निर्वाचित स्वतन्त्र सांसद भएका हुन् ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु