शनिबार ८ कार्तिक, २०८३ (Saturday October 24, 2026)

विदेशबाट हेर्दा वातावरणप्रति सचेत जनप्रतिनिधि

शुक्रबार १६ आश्विन, २०८३ nepalexplores 3382


विदेशबाट हेर्दा वातावरणप्रति सचेत जनप्रतिनिधि

१६ असोज, काठमाडौं ।

देवशंकर पौडेल

भुवनेश्वर ढकालजी (लमजुङ) रामेछाप जिल्लाका बारेमा समेत भलिभाँति जानकारी राख्नु हुन्छ। उहाँ रामेछापमा रहँदा वन र वातावरण सम्बन्धि कार्यक्रममा दिल दिएर खट्नु भयो। त्यसबेला मलाई सम्झना छ, खगेन्द्र सिक्तेल, हेम तेम्बे, डम्बर तेम्बे आदि साथीहरू सक्रिय हुनुहुन्थ्यो। उहाँहरू बौद्धिक पनि हुनुहुन्थ्यो। म र भरतप्रसाद भण्डारी (खनियापानी) सँग उहाँहरूको वारम्बार भेटघाट हुन्थ्यो। भेटमा रामेछाप जिल्लाको वन र वातावरणका वारेमा छलफल भइरहन्थ्यो।

भरखरै अर्थात् २०८३ साल साउन २८ देखि भदौ २६ सम्म म संसारकै दुरदेश भनौँ या सूर्यको पहिलो कीरण पर्ने मुलुक न्युजिल्यान्डमा रहेँ। भुवनेश्वर ढकालजी पनि न्युजिल्याण्डमा हुनुहुँदो रहेछ। नाति डा।गोविन्द पौडेलद्वारा पनि म न्युजिल्यान्ड जाँदै गरेको जानकारी पाउनु भएको रहेछ। म पुग्नासाथ उहाँसँग सम्पर्क भयो। उहाँसँगको भेटले मलाई अनेकौँ कुरामा सहजता भयो।

ढकालजीले एक साँझ उहाँको निवास न्युजिल्यान्डको लिङ्कन नामको सानो सहरमा बोलाउनु भयो। भुवनेश्वरजीले उज्यालो रहँदै आउन आग्रह गर्नु भयो। पटकपटक चाँढै आउन भन्नु भयो। छोरा भिमेशको सहायताले हामी लिङ्कन सहर पुग्यौँ। लिङ्कन नामको सानो सहर त नेपालको जिरीमा पनि छ। यी दुई सहरको नामाकरण गर्ने ज्योतिषी एउटै परेछ, या त ग्रह नक्षत्र एउटै परेछ। यी दुई विच मित लाइदिउँ जस्तो पनि लाग्यो। मनमा लागे पनि म त्यो हैसियतमा थिइँन। अझै मनमा छ। मेरो हृदयमा जागृत भएका वन तथा वातावरण सम्बन्धि जिज्ञाशाको गहिराई प्रति ढकालजी पूर्वजानकारी राख्नु हुँदोरहेछ। नेपालबाट केहिदिनका निम्ति न्युजिल्यान्ड पुगेको मलाई वातावरणका वारेमा व्यवहारिक जानकारी दिने उद्देश्य ढकालजीको थियो। उक्त सहरका विशेषता देखाउन एक घन्टा डुलाउनु भयो। 

न्युजिल्यान्डको इतिहासमा चारसय वर्षपछि पहिलो पटक सन् २०१० मा ७ः०५ रेक्टर स्केलको भूकम्प गएछ। सन् २०११ मा ६ः०५ रेक्टर स्केलको अर्को भूकम्प थपिएछ। भूकम्पको गहिराईका कारण पहिलोले क्षति नगरे पनि दोश्रो भूकम्पले तीनसयको सङ्ख्यामा मानवीय क्षति हुन पुगेछ। क्षति भएको सहरी क्षेत्रबाट बस्ती हटाएर न्युजिल्यान्ड सरकारले नयाँ र सुरक्षित स्थानमा सहर बसालेको रहेछ। त्यहि नै लिङ्कन सहर रहेछ।

हामीलाई भुवनेश्वर ढकालजीले नयाँ ठाउँमा सहर बनाउँदा गरिएको प्लानिङमा सहरको पानी व्यवस्थित गर्नेगरि गरेको व्यवस्था देखाउनु भयो। हरियालीलाई कसरी व्यवस्थित गर्ने भनेर ठाउँठाउँमा पोखरी तयार गरेको देखाउनु भयो। पोखरी गोलाकार, आयताकार, त्रिभुजाकार वा मानव निर्मित जस्ता देखिँदैनथे। हामीले यी पोखरी किन यस्ता छन् त रु भनेर सोधेको, उहाँले भन्नु भयो– “प्रकृतिमा जस्तो हुन्छ त्यस्तै बनाउँन मन पराउँछन्, यहाँका योजनाकारहरू” भन्नु भयो। पोखरीमा विभिन्न हाँसहरू तैरियिरहेका थिए। वातावरण पुरै प्राकृतिक थियो।

त्यहाँ घुमिरहँदा मैले भुवनेश्वरजीसँग भनेँ– ढकालजी ∕ मैले रामेछाप जिल्लाको खाँडादेवी गाउँ पालिका सम्झिएँ। त्यहाँका जनप्रतिनिधि धनबहादुर मानन्धरले हैसियत गुमेको रातोडाँडामा वृक्षारोपण गरेर हरियाली भर्नु भएको थियो। उहाँ पछिका जनप्रतिनिधि कृष्णप्रसाद पौडेलले पनि उक्त अभियानलाई निरन्तरता दिनु भयो। अझ लिङ्कन सहरको सोचसँग मिल्ने सोच खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठजीले ठाउँठाउँमा पोखरी खनेर वर्षाको पानी जमाउने, पानीको सिपेजले जमिन रसिलो हुन्छ भन्ने व्यवहारिक सोच अघिसार्नु भएको थियो। पहिलो वर्ष पोखरीमा दिगो रुपमा पानी नजमे पनि यो अवधारण सहि थियो। 

हुन पनि केहि वर्ष अगाडिको कुरा हो, पकरबासको प्राकृतिक जङ्गलका साल र सल्लाका सैकडौँ रुखहरू जमिन भित्र चिस्यान नपाएर उभिएको उभिएकै अवस्थामा सुकेका थिए। सायद यहि अवस्थाको मध्य नजर गरेर होला, खाँडादेवी गाउँपालिकाले यो कदम चालेको हुँदोहो ∕ खाँडादेवी गाविसको अवधारणा र लिङ्कन सहरको अवधारणा उस्तै उस्तै लाग्यो। 

यस्तै यस्तै छलफल गर्दै हामी भुवनेश्वरजीका निवासको पारिवारिक वातावरणमा पुग्यौँ। त्यहाँ चन्द्र राई ९भोजपुर० सँग परिचय भयो । राजाराम थपलिया, विजया थपलिया ९काठमाडौँ०, छोरा भिमेश, बुहारी रक्षा र नातिहरू (छन्दु र रायन) सँग सन्ध्याकालीन भोजन ग¥यौँ। विदेशमा रहनुहुँने नेपाली साथीहरूको परिस्थितिवस तन त्यहाँ (अमुकअमुक देशमा) भएपनि, मन भने नेपालका कुनाकुनामा भौँतारिइरहेको देखियो। यसलाई व्यवस्थापन गर्ने उपाय नेपालले निकाल्नु पर्छ। आआफ्नो ठाउँबाट पहल गर्नु हामी सवैको कर्तव्य हो।
२०८३ असोज १६
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु