सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

अवरुद्ध जोमसोम–मुक्तिनाथ सडक सञ्चालन

बिहीबार ७ भाद्र, २०८० nepalexplores 1387


अवरुद्ध जोमसोम–मुक्तिनाथ सडक सञ्चालन


७ भदौं, काठमाडौं । 

बुधबार साँझदेखि अवरुद्ध बनेको जोमसोम–मुक्तिनाथ सडक सञ्चालनमा आएको छ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र घरपझोङ गाउँपालिकाको सिमानामा पर्ने पान्डाखोलामा लेदोसहित आएको बाढीले सडक बगाउँदा बुधबार साँझदेखि अवरुद्ध बनेको थियो।


दुई पालिकाको सिमाना पान्डाखोला नजिक पूर्वतर्फको लुप्रा पान्डाखोलाको बाढीले धार परिवर्तन गरी दक्षिणतर्फको मुख्य राजमार्गअन्तर्गत सडकमा सोझिँदा सडक अवरुद्ध बनेको थियो। बाढीले करिब २० मिटर सडक कटान गरेर क्षति पुर्‍याएको थियो। आज बिहानदेखिको प्रयासपछि पहिरो पन्छाएर सडक सञ्चालन गरिएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापामगरले जानकारी दिए।


म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खाम भित्तामा सडक बेसनै पहिराले भाँसिएको थियो। अन्य स्थानका विभिन्न ठाउँमा पहिरो खसेपछि म्याग्दी हुँदै मुस्ताङ जाने सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु