सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

मानसरोवर जाने राजमार्ग अवरुद्ध

आईतवार ९ भाद्र, २०८१ nepalexplores 1502


मानसरोवर जाने राजमार्ग अवरुद्ध

९ भदौ, काठमाडौं ।
मानसरोवर कैलास दर्शनका लागि जाने राजमार्ग वर्षाका कारण चीनतर्फको सडकमा क्षति हुँदा दर्शनार्थीहरू प्रभावित भएका छन्।

रसुवागढीको मितेरिपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभागअन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गर्दा सवारी आवागमन बन्द भएको रसुवा जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कैलासबाट नेपाल फर्किन लागेका करिब पाँच सय यात्रु केरुङमा र तीर्थ जाँदै गरेका एक सय यात्रु यातायातका साधन बन्द भएपछि रसुवागढीमा रोकिएका छन्। चाँडोे राजमार्ग खुलाई कैलास दर्शनका लागि हिँडेका यात्रुलाई सहज पारिदिन केरुङ प्रशासकलाई अनुरोध गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु