मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

९ महिनामा झन्डै ११ खर्ब रेमिट्यान्स भित्रियो

मंगलवार १ जेष्ठ, २०८१ nepalexplores 1396


९ महिनामा झन्डै ११ खर्ब रेमिट्यान्स भित्रियो

१ जेठ, काठमाण्डौं ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०,०८१ को नौ महिनामा झन्डै ११ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

 साउनदेखि चैत मसान्तसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। अघिल्लो वर्षको १० महिनाको तुलनामा १९ दशमलव आठ प्रतिशतले धेरै रेमिट्यान्स हो। गएको वर्षको १० महिनामा रेमिट्यान्सको वृद्धि भने २४ दशमलव २ प्रतिशत रहेको थियो।

१० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पाँच लाख ४२ हजार एक सय ४९ जना रहेको छ। रेमिट्यान्स बढे पनि विदेश जानेहरूको सङ्ख्या भने घटेको छ।

गएको वर्षको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा श्रम स्वीकृति लिनेको सङ्ख्या ६३ हजार जनाभन्दा धेरैले घटेको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु