सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

उत्तरीनाका रसुवागढीबाट सवारी साधनको आयात बढ्दो

शुक्रबार ४ जेष्ठ, २०८१ nepalexplores 1573


उत्तरीनाका रसुवागढीबाट सवारी साधनको आयात बढ्दो

४ जेठ, काठमाडौं ।
नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको सङ्ख्या बढ्न थालेको छ। ठूलो सङ्ख्यामा विद्युतीय कार र केही ठूला तथा मझौला सवारी साधन आयात हुने भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ।

विसं २०७२ को मङ्सिर पश्चात् रसुवागढी नाकाबाट पाँच हजार आठ सय ५० सवारी साधन भन्सार प्रक्रिया पूरा गरी आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेका कार्यालयकले जानकारी दिएको  छ। कार्यलयको अनुसार भन्सार क्षेत्रभित्र प्रवेश गरी काठमाडौँतर्फ प्रस्थान गर्नका लागि दर्जनौँ सवारी साधनले प्रक्रिया पूरा गरेका छन्।

चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म चार हजार सात सय छ सवारी साधन आयात भएका छन्। तीमध्ये चार हजार छ सय ७९ विद्युतीय कार रहेका रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ।

भन्सार कार्यालयले चालु आवमा नियमानुसारको दररेटबाट मनग्य कर असुली गरेको जनाएको छ। विद्युतीय कारको खरिद मूल्य भने चिनियाँ उत्पादक कम्पनीमा रु २८ लाख ५१ हजार र भन्सार शुल्क रु ११ लाख ९८ हजार पर्ने बताइएको छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु