सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

उपल्लो मुस्ताङमा चिसो बढ्दो

मंगलवार २ पुष, २०८१ nepalexplores 1390


उपल्लो मुस्ताङमा चिसो बढ्दो

२ पुष, काठमाडौं ।
उपल्लो मुस्ताङमा केही दिन यता अत्यधिक चिसो बढ्दो छ। चिसो बढेसँगै उपल्लो मुस्ताङको जनजीवन प्रभावित बन्न थालेको छ।

उपल्लो मुस्ताङमा बिहान र बेलुकीपखको समयमा तापक्रम माइनस २० डिग्रीसम्म पुग्ने गरेको छ। उपल्लो मुस्ताङमा चिसो अत्यधिक रुपमा बढे पछि जनजिवन प्रभावित बन्दै जान थालेको हो।

उपल्लो मुस्ताङमा दिउँसोको समय घाम लाग्दा केही न्यानो महसुस भएपनि बिहान र बेलुकीपख अत्यधिक चिसो हुने गरेको स्थानीयले बताएका छन्। 

चिसोले शाखा नदी बरफ जम्न थालेपछि स्थानीय नागरिकको दैनिक जीवनमा प्रतिकूल असर पुगेको छ। सिँचाइ कुलो जमेकाले नागरिकको खेतीयोग्य जमिनलाई सिञ्चित गर्न अप्ठ्यारो परेको छ। 

शाखा नदी जमेपछि उपल्लो मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई समस्या परेको छ। भने केही वर्ष अघि उपल्लो मुस्ताङमा कात्तिक महिनामै हिउँ परे पनि जलवायु परिवर्तनका कारण यस वर्ष हिउँदयाम सुरु भइसक्दा समेत हिउँ परेको छैन।
 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु