मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

अमेरिकामा कमला ह्यारिसको पक्षमा समर्थक बढ्दो

सोमबार १२ कार्तिक, २०८१ nepalexplores 1316


अमेरिकामा कमला ह्यारिसको पक्षमा समर्थक बढ्दो

१२ कात्तीक, काठमाडौं । 

पपस्टार बियोन्से र अभिनेता लियोनार्दो डिकाप्रियो कमला ह्यारिसको पक्षमा खुलेका छन्। 

नोभेम्बर ५ मा अमेरिकामा राष्ट्रपतिय चुनाव हुँदैछ। यस चुनावमा रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति समेत रहेकी कमला ह्यारिस मैदानमा छन्।

सेलेव्रिटीले समेत आ–आफूलाई मनपर्ने उम्मेदवारलाई इन्डोर्स गरिरहेका छन्। निर्वाचनको मिति नजिकिँदै गर्दा थप कलाकार खुल्ने क्रम जारी छ। भने यी दुई उम्मेदवारलाई लिएर सिंगो अमेरिका विभाजित बनेको छ।

ह्यारिसले टेक्सास राज्यको ह्युस्टनमा आयोजना गरेको चुनावी ¥यालीमा पपस्टार बियोन्से पनि सहभागि भएर ह्यारिसको पक्षमा उभिइन्। टेलर स्विफ्ट, बिली एलिस र एमिनेमजस्ता स्टारले यसअघि नै ह्यारिसको पक्षमा आफ्नो समर्थन जाहेर गरिसकेका छन्।

समर्थनको यो क्रममा पपस्टार बियोन्से र हलिउड अभिनेता लियोनार्दो डिकाप्रियो समेत ह्यारिसको पक्षमा खुलेका छन्। ह्युस्टन बियोन्सेको गृहनगर पनि हो। 

ह्यारिसको उक्त ¥यालीमा सन् २०१६ मा रिलिज भएको बियोन्सेको गीत ‘फ्रिडम’ बजाइएको थियो। ह्यारिसले अघि सारेको ‘गर्भपतनको स्वतन्त्रता’लाई बियोन्सेले समर्थन गरेकी छन्।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु