मंगलवार २२ बैशाख, २०८३ (Tuesday May 05, 2026)

घान्द्रुकमा पर्यटकीय चहलपहल बढ्दो

मंगलवार ८ बैशाख, २०८३ nepalexplores 1196


घान्द्रुकमा पर्यटकीय चहलपहल बढ्दो

८ वैशाख, काठमाडौं । 
घान्द्रुकमा पर्यटकीय चहलपहल बढेको छ।

दोस्रो मुख्य पर्यटकीय याम सुरु भए सँगै कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुक भ्रमण गर्ने पर्यटकको चहलपहल बढेको हो। 

दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै घान्द्रुकमा आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत बाक्लिएको जनाएको छ।

घान्द्रुकमा दैनिक १ हजार देखि १२०० सम्म पर्यटक आउने गरेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङ जानकारी दिएका छन्।

सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरे पछि पर्यटकीय गतिविधि थप बढ्ने अपेक्षा लिइएको घान्द्रुक व्यवस्थापन समितिले जनाएको छ।संस्कृति र प्रकृतिको सङ्गमस्थल मानिने घान्द्रुक अन्नपूर्ण चक्रीय पदमार्गको आकर्षक गन्तव्यस्थलमा पर्छ। 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)अन्तर्गत इलाका संरक्षण कार्यालयका प्रमुख भीमप्रसाद उपाध्यायले घान्द्रुक हुँदै अन्नपूर्ण क्षेत्रको घुमफिर गर्न आउनेहरु मध्ये बढी भारतीय पर्यटक रहेको बताएका छन्। 

चल्तीका पदमार्ग, आकर्षक गन्तव्यस्थल र व्यवस्थित पर्यटकीय पूर्वाधारका कारण घान्द्रुक क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय प्रमुख उपाध्यायले बताएका छन्। 

अन्नपूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल–घोरेपानी लगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रुपमा समेत लिइन्छ। 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु