बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

निर्माणाधीन दाउन्ने सडकको निरीक्षण मन्त्री कुलमान घिसिङ

आईतवार ६ पुष, २०८२ nepalexplores 1777


निर्माणाधीन दाउन्ने सडकको निरीक्षण मन्त्री कुलमान घिसिङ

६ पुस, काठमाडौं।
मन्त्री कुलमान घिसिङले निर्माणाधीन दाउन्ने सडकको निरीक्षण गरेका छन्।

भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले दाउन्ने सडक खण्डको निरीक्षण गरी निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका हुन्।

मन्त्री घिसिङले सडक खण्डको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्।

सडक विस्तारका क्रममा देखिएको ढिलासुस्तीको कारण बुझ्न आफैँ अनुगमनमा पुगेका मन्त्री घिसिङले निर्माणमा प्रयोग हुने मेसिनरी र मजदुर तत्काल र छिटो भन्दा छिटो काम सक्न निर्देशन दिएका हुन्।

मन्त्री घिसिङले दाउन्ने सडक खण्ड लामो समयदेखि निर्माणमा ढिलाइ हुँदा यात्रुहरू समस्यामा परेको उल्लेख गर्दै दुई महिनाभित्र सडक तयार गर्न निर्देशन दिएक छन्।

निरीक्षणका क्रममा मन्त्री घिसिङले दुई महिनाभित्र यात्रु तथा सवारी साधन सहज रूपमा सञ्चालन हुन सक्ने गरी सडक तयार गर्नुपर्ने बताएका छन्। 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु